आर्थिक

सुनिल केसी एनएमबी बैंकको सिइओ

काठमाडौं। १७ बर्ष कार्यकारी अधिकृत भएका उपेनद्र पौडेलको अबकाशपश्चात एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिल केसी नियुक्त भएका छन्। चैत्र १ गतेदेखि कार्यभार सम्हाल्नेगरी केशीले ४ बर्ष कार्यकारी अधिकृतको पद सम्हाल्ने छन् ।

केसी एनएमबी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत थिए। २७ बर्ष बैंकिङमा बिताएका केसीले तत्कालिन ग्रिण्डलेज  बैंकबाट करियर सुरु गरेका हुन्। सन् २००८ मा उनी फाइनान्सियल मार्केट हेड भएपछि एनएमबीमा नायव महाप्रबन्धकका रुपमा छिरेका थिए।