राजनीति

काठमाण्डौको उपमेयरको उम्मेद्वारीमा केशव स्थापितले राष्ट्रपतिकी छोरीको नाम लिएपछि…!

काठमाण्डौ । स्थानीय निकायको निर्वाचन नजिकिदै गर्दा काठमाण्डौ महानगरपालिको प्रमुखमा कुन पार्टीबाट क–कसले उम्मेद्धारी देलान् भन्ने चर्को बहस चलिरहेको छ । मुलुकका ३ शीर्ष दल लगायतका अन्य साना दलहरुबाट पनि महानगर प्रमुखका लागि उम्मेद्वारी दिने चर्चा चलिरहेको छ । एमालेबाट केन्द्रीय नेताहरु योगेश भट्टराई, कृष्णगोपाल श्रेष्ठ र सानु श्रेष्ठ लगायतको नाम महानगर प्रमुखमा जोडिएर आएको छ भने कांग्रेसबाट गगन थापा, नविन्द्रराज जोशी लगायतको नाम जोडिएर आएको छ ।

त्यस्तै,माओवादी केन्द्रसँग सर्वोत्तम डंगोल लगायतको नाम मेयरको उम्मेद्वारीसँग जोडिएर आएको छ । सोही चर्चाका बीचमा अहिले फेरि अर्को एक पात्रको चर्चा महानगर उपमेयरको उम्मेद्वारीसँग जोडिएर बाहिर आएको छ । ती पात्र हुन् एमालेका दिवंगत नेता स्व।मदन भण्डारी र राष्ट्रपति विद्या भण्डारीकी जेठी छोरी उषाकिरण भण्डारी । राष्ट्रपति भण्डारीकी छोरी उषाकिरण भण्डारी एमालेको तर्फबाट काठमाण्डौ महानगरको उपमेयरमा उठ्नुपर्ने भन्दै चौतर्फी बहस सुरु भएको छ । सो बहसको सुरुवातनै एमालेका एक नेताले गरेका छन् ।

एमालेकै नेता तथा काठमाण्डौ महानगरपालिकाकै पूर्व मेयर केशव स्थापितले राष्ट्रपति भण्डारीकी छोरी उषालाई उपमेयर बनाउनुपर्ने प्रस्ताव राजधानीबाट प्रकाशित हुने एक साप्ताहिक पत्रिकामा दिएको अन्तरवार्तामार्फत गरेका छन् । उनले घुमाउरो ढंगले काठमाण्डौ महानगरपालिकाको मेयरमा आफुलाई प्रस्ताव गरे त्यसमा सहमति जनाउने समेत संकेत दिएका छन् । पूर्व मेयर स्थापितले उषालाई काठमाण्डौ महानगरपालिकाको उपमेयर बनाउनुपर्ने बहस अघि ल्याइदिएपछि अहिले एमालेसहित मुलुकको समग्र राजनीतिक वृतमा उनको चर्चा बढेको छ ।

मेयरको उम्मेद्वारीमा योगेश भट्टराई, उपमेयरमा उषाकिरण 
काठमाण्डौ महानगरपालिकाको मेयरको उम्मेद्वारीमा एमालेको तर्फबाट सो पार्टीका केन्द्रीय सचिव योगेश भट्टराईको नाम जति अघि आएको छ, त्यतिक्कै अन्य नेताहरुको नाम पनि अघि आएको देखिन्छ । एमालेले योगेश भट्टराईका अलवा अन्य नेताहरुलाई पनि काठमाण्डौ महानगरपालिकाको उम्मेद्वारीमा टिकट दिने सम्भावना प्रवल छ । काठमाण्डौमा विशेषगरी नेवार समुदायको बाक्लो प्रभाव रहेकोले पनि एमालेले त्यो बीचबाट समेत उम्मेद्वारहरु छान्ने प्रवल सम्भावना देखिन्छ तर अहिले भने योगेश लगायतका नेताहरुनै अग्रपंक्तिमा देखिएका छन् । यो सँगै अहिले एमालेभित्रको एकथरी समुहले नेता योगेश भट्टराई र राष्ट्रपति विद्या भण्डारीकी छोरी उषाकिरण भण्डारीलाई महानगरको नेतृत्व दिनुपर्ने भन्दै चर्को बहस उठान गर्न थालेको छ भने अर्को समुहले कृष्णगोपाल श्रेष्ठ र सानु श्रेष्ठहरुको नाम लिँदै आएको छ । उता, केशव स्थापितले समेत आफु मेयर र उषाकिरणलाई उपमेयरमा उठाए एमालेको छवि स्थापित गर्न मद्धत पुग्ने बताएका छन् । उनले स्व.मदन भण्डारीकी छोरीले काठमाण्डौबाट उपमेयरमा उम्मेद्वारी दिए राम्रो म्यासेज जानसक्ने समेत संकेत गरेका छन् ।  यद्यपि, माथि उल्लेखित नेताहरुका बारेमा एमालेले भने कुनै निर्णय गरेको छैन