समाचार

सिरहामा नगरपालिकालाई गाउँपालिकामा परिणत गरिएपछि…!

सिरहा । सुखीपुर नगरपालिकालाई गाउँपालिकामा परिणत गरिएको भन्दै सुखीपुर नगरपालिका बचाउ संघर्ष समितिले बुधबारबाट आमरण अनशन सुरु गरेको छ ।
सुखीपुर नगारपालिका कायम गराउन माग राखी समिति संयोजक बीपी भुवन यादवलगायत अनशनमा बसेका छन् ।

बिहीबारको कान्तिपुरमा लेखिएको छ, सरकारले २०७२ असोज १ गते मोहनपुर कमलपुर, कविलासी, विद्यानगर, लर्कन्हा, बल्ही र सिलोरवा पछवारीलगायत आसपासका सात गाविसलाई समायोजन गरी सुखीपुर नगरपालिका घोषणा गरेको थियो । पछिल्लो निर्णयले गाउँपलिकामा पारिएपछि स्थानीय वासिन्दाले विरोध जनाएका हुन् ।