राजनीति

रुकुममा सकिए मोहन वैद्य !

रुकुम । रुकुममा वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी रित्तिएको छ । ६५ जनाको जिल्ला संगठन समितिसहित सम्पूर्ण जनवर्गीय संगठन र सबै पार्टी सदस्यहरु मंगलबारदेखि माओवादी केन्द्रमा सामेल भएको घोषणा गरिएको छ ।

बिहीबारको कान्तिपुरमा लेखिएको छ, माओवादी केन्द्र र क्रान्तिकरी माओवादीका तर्फबाट विज्ञप्ति जारी गरी पार्टी प्रवेश गरेको जनाइएको छ ।
क्रान्तिकरी माओवादीका सेक्रेटरी प्रमजंग शाहले पार्टीहरुको एकता र ध्रुविकरणको सुरु भएकाले जिल्लाको सबै पार्टीपंक्तिले माओवादी केन्द्रसँग एकता गरेको बताए ।