आर्थिक

प्रभु बैंक र नेत्र ज्योती अस्पतालको ऑखा शिविर सम्पन्न

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले  आफ्नो स्थापना कालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समाजउपयोगी क्रियाकलापहरुलाई निरन्तरता दिँदै आईरहेको छ ।

यसै क्रममा बॉके जिल्लाको रनियापुर गा.बि.स.का अधिकांश मानिसहरुमा ऑखा सम्बन्धी समस्या रहेको तथ्याङ्क अनुसार उक्त समस्यालाई न्युनिकरण गर्न यस प्रभु बैंक लिमिटेडबाट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यहीे शनिबारका दिन रनियापुर स्वास्थ्य चौकी प्राङ्गणमा प्रभु बैंक र नेपाल नेत्र ज्योतीसंघ फत्तेवाल ऑखा अस्पताल बॉकेको सहकार्यमा ऑखा शिविर सम्पन्न गरेको छ ।

सो शिबिरमा करिब २५० जनाले आँखा जाँच गराएका थिए भने आँखाका बिरामीहरुलाई निशुल्क औषधी तथा चश्मा बितरण गरिएको थियो । साथै सो सिबिरमा सहभागी हुने मोती बिन्दु हुने बिरामीलाई फत्तेवाल आँखा अस्पतालले अपरेशनका लागि ५० प्रतिशत छुट दिने भएको छ ।

यसैगरी प्रभु बैंक लिमिटेड शाखा कार्यालय सन्धिखर्कले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सन्धिखर्क, अर्घाखाँचीमा अध्ययनरत श्रवण शक्ती कम भएका १० जना आवासीय बिद्यार्थीहरुलाई दैनिक रुपमा प्रयोगमा आउने ओढ्ने ओछ्याउने कपडा, कापी, कलम, मसी लगायतका शैक्षिक सामाग्रीहरु वितरण गरेको छ ।

सोही कार्यक्रममा उक्त विद्यालयमा अध्यनरत ३ जना अपाङ्ग विद्यार्थीहरुको लागि प्रतिव्यक्ति दुई दर्जन कापी र अन्य शैक्षिक सामाग्रीहरु समेत वितरण गरेको छ । ओढ्ने ओछ्याउने कपडा तथा शैक्षिक सामाग्रीहरु बैंकको शाखा कार्यालय सन्धिखर्कका शाखा प्रबन्धक श्री सरोज ज्ञवालीले हस्तान्तरण गरेका थिए ।