राजनीति

यस्ता छन् कञ्चनपुरमा जनमोर्चाले उठाएका मेयर र उपमेयरका उम्मेद्वार

कञ्चनपुर । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि राष्ट्रिय जनमोर्चा कञ्चनपुरले जिल्लाका सबै स्थानीय तहका लागि मेयररउप मेयरका उमेद्बार छनौट गरेको छ । जनमोर्चाले जिल्लाका ७ नगर र २ गाउँपालिकाका लागि उम्मेद्वार छनौट गरेको हो । सबै गाउँ नगरपालिकाले उम्मेद्वार छनौट गरेर जिल्ला पार्टीलाई बुझाएको छ । राष्ट्रिय जनमोर्चा जिल्ला पार्टी कार्यालय स्रोतका अनुसार सबै स्थानीय तहका लागि उम्मेद्वार टुङगो लागेर छनौटका लागि जिल्ला पठाएको छ ।

राष्ट्रिय जनमोर्चा स्रोतका अनुसार बेल्डाँडी र लालझाँडी गाउँपालिकाका लागि तीनरतीन जना अध्यक्षरउपाध्यक्षका उमेद्बार छनौट गरिएका छन् । बेल्डाँडी गाउँपालिकाका लागि अध्यक्षमा अभिमान सिह थापा, शंकर चिमाडी, हरि चौधरी र उपाध्यक्ष तर्फ पार्वती रेग्मी, पुष्पा चौधरी, खुस्बु चौधरीको नाम छनौट भएको छ ।
लालझाँडी गाउँपालिकाका लागि अध्यक्ष कमल सिंह बडायक, सन्तु बडायक, मदन बडायक र उपाध्यक्षका लागि नामसरा विक र बदलो बडायक र सन्तु राना सिफारिस भएका छन् । भने बेलौरी नगरपालिकाको मेयरका लागि राजाराम चौधरी, यादव नाथ शर्मा, सहविर सुनार र उपमेयरका लागि तारादेवि चौधरी, कमल चौधरी, पावर्ती चौधरी, पुनर्वास नगरपालिकाका लागि मेयरका लागि हरि लम्साल, कुँवेर नाथ, पुष्पा पण्डित र उप मेयरका लागि शुशिला पण्डित, सिता विक र अनिता सुनार रहेका छन् ।

बुधबारको नयाँ पत्रिकामा लेखिएको छ, कृष्णपुर नगरपालिकाका लागि गोबिन्द विक, पदम दमाई, सुरेन्द्र चौधरी र उप मेयरका लागि हिरा भट्ट, बौद्धिक चौधरी रहेका छन् । शुक्लाफाँटा नगरपालिकाका लागि मेयरका लागि राम बहादुर कार्की, लिला जोशी, महेश नागरी, उपमेयरका लागि कमल साउद, कमला दमाई, गुड्डु लुहार, बेदकोट नगरपालिकाका लागि मेयरका लागि महेशराज जोशी, लक्ष्मी दत्त बडू, धर्मदेव पन्त र उप मेयरका लागि धना थापालाई छनौट गरेको छ ।

भीमदत्त नगरपालिकाको मेयरका लागि रतन विक, मन्जु परियार, लाल बहादुर कुँवर र उप मेयरका लागि नरेन्द्र प्रशाद जोशी, विना विक र कर्ण कार्की रहेका छन् ।
महाकाली नगरपालिमा मेयरका लागि झक्त बहादुर सुनार, कुल ब। सुनार र मंगल सुनार रहेका छन् । भने उप मेयरका लागि निरु विक, उमादेवी सुनारलाई सम्बन्धीत नगर कमिटिले जिल्ला कमिटिलाई सिफारिस गरेको छ ।
केहीदिन भित्रै गाउँ/नगरबाट आएका उम्मेद्वारको नाम अन्तिम टुङगो लगाएर उमेद्बार घोषणा गरिने जनमोर्चा कञ्चनपुरले जनाएको छ । कञ्चनपुरका काँग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाले अझैपनि कुनै पनि नगर्गाउँपालिकाको उमेररउप मेयरको टुङगो सिफारिस समेत गरेका छन् । आकांक्षि धैरै भएकाले उम्मेद्वार छनौट गर्न नसकिएको नेताहरुले बताएका छन् ।

नेपाली काँग्रेस कञ्चनपुरका युता नेता मिन बहादुर सिंहले साना दलमा उम्मेद्वार कम हुने र ठुलामा बढि उमेद्बार हुने भएकाले ठुला दललाई उम्मेद्वार छान्न ढिलाई भएको बताए । ‘काँग्रेस भित्रै धेरै आकांक्षि छन्, ‘उनले भने, ‘सबै कार्यकर्ताको व्यवस्थापन गर्न समस्या भएको छ ।’ स्थानीय तहमा अधिकार धेरै भएपछि कञ्चनपुरमा पुर्व अध्यक्षरमेयर, विद्यार्थी नेता, शिक्षक समेत उमेद्बार बन्ने होडबाजीमा छन् ।

नेपाल विद्यार्थी संघका केन्द्रीय सह–महामन्त्री अचुतराज कलौनी भीमदत्त र अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य नवराज ऐर शुक्लाफाँटा, अखिल छैटौँका केन्द्रीय सचिव महेश राज जोशी बेदकोट नगरपालिका र अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष ओम बस्नेत महाकाली नगरपालिकाका मेयरका लागि आकाँक्षी देखिएका छन् । अखिल छैटौँका केन्द्रीय सचिव जोशीलाई राष्ट्रिय जनामोर्चा बेदकोटले मेयरका लागि छनौट नै गरिसकेको छ ।

नेवि संघका केन्द्रीय सहमहामन्त्री कलौनी र क्रान्तिकारीका केन्द्रीय सदस्य ऐर खुलेरै देखिएका छन् । अनेरास्ववियुका अध्यक्ष बस्नेतका नाम एमालेबाट महाकालीको मेयरका लागि चर्चामा छ । यस अघि भीमदत्त नगरपालिकाको मेयर भईसकेका काँग्रेस नेता यज्ञराज जोशी पनि अझै भिमदत्तको मेयरका लागि आकांक्षि देखिएको एक काँग्रेस नेताले बताए । ‘हाम्रो पार्टी काँग्रेसमा एक चोटी मेयर भएका, सांसद हारेका पनि पुन मेयरका आका‌‌क्षी देखिएका छन्, ‘उनले भने, ‘युवाको पालो कहिले आउँने हो ।’

यस्तै माओवादी केन्द्रका तर्फबाट बेल्डाँडी गाउँपालिकाको लागि चर्चित युवा पत्रकार रोशन खडकाको नाम समेत सार्वजनिक भएको छ भने, काँग्रेसबाट बेल्डाँडीमा शिक्षक गणेश सिह र पुर्व बेल्डाँडी गाविस अध्यक्ष चन्द्र बहादुर सिह आकांक्षि देखिएका छन् । यस्तै एमालेका तर्फबाट बेदकोट नगरपालिकको मेयरमा रामदत्त जोशी र हिक्मत बहादुर सिह आकांक्षि देखिएका छन् । जोशी पुर्व दैजी गाविस अध्यक्ष र सिह उपाध्यक्ष हुन् । ठुला पार्टीहरुलाई महिला र दलित उमेद्बार पाउनै मुस्किल भएको पार्टी स्रोतले जनाएको छ । स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा काँग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, जनमोर्चा, माले लगायतका दलहरु आफ्नो पक्षमा मतदान बढाउन जनतामाँझ गईरहेका छन् ।