राजनीति

ठूला दलहरुको चुनावका लागि उम्मेद्वार छान्ने यस्तो छ तयारी

काठमाडौं । कांग्रेसले ७ वैशाखभित्र स्थानीय तहका उम्मेदवार छनोट गरिसक्ने भएको छ । तल्लो तहबाटै उम्मेदवार टुंगो लगाउने नीति कांग्रेसको छ । तलबाट सिफारिस भएर आएका नाम क्षेत्र र जिल्लाले अनुमोदन गरेर केन्द्रमा पठाउने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल बताए।

मंगलबारको अन्नपूर्णमा लेखिएको छ, एमालेले स्थानीय तहमा टिकट पाउने उम्मेदवारले प्रदेश र संघीय संसद्को चुनावमा उठ्न नपाउने निर्णय गरेको छ । स्थायी समितिको सोमबारको बैठकले ३ १२ वैशाखभित्र सबै उम्मेदवारको सूची सार्वजनिक गर्ने गरी छनोट प्रक्रिया अघि बढाउने भएको छ ।

माओवादी केन्द्रले वैशाख पहिलो साताभित्रै गाउँ, नगरका सबै उम्मेदवारको टुंगो लगाउने भएको छ । ‘वैशाख पहिलो साताभित्रै उम्मेदवारको टुंगो लगाइसक्छौँ,’ माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव प्रह्लाद बुढाथोकीले भने, ‘छनोटको काम आन्तरिक रूपमा भइरहेको छ ।’