राजनीति

कांग्रेसले ७ वटै प्रदेशमा बिशाल चुनावी सभा गर्ने, कुन ठाउँमा कति गते हुँदैछन् सभाहरु ( तालिकासहित)

काठमाण्डौ । नेपाली कांग्रेसले स्थानीय निर्वाचनलाई लक्षित गरेर सातवटै प्रदेशमा ठूला चुनावी सभाहरुको आयोजना गर्ने भएको छ । सोमबार बसेको सो पार्टीको निर्वाचन परिचालन समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले सातवटै प्रदेशमा गर्ने सभाको स्थान र मिति समेत टुंगो लगाएको छ ।

बैठकको निर्णयअनुसार प्रदेश नम्बर १ को सभा वैशाख २ गते झापामा हुनेछ भने प्रदेश नम्बर २ को सभा चैत ३१ गते जनकपुरमा हुनेछ । त्यस्तै प्रदेश नम्बर ४ को सभा वैशाख २० गते पोखरामा हुने जनाइएको छ भने प्रदेश नम्बर ५ को सभा चैत २८ गते दाङको तुलसीपुरमा हुने जनाइएको छ । त्यस्तै प्रदेश नम्बर ७ को सभा चैत २७ गते कैलालीमा हुने जनाइएको छ । प्रदेश नम्बर ३ र ६ को सभा हुने स्थान र समय भने तोकिएको छैन । सबै सभाहरु चुनावसँग सम्बन्धित हुने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

कार्यक्रमका लागी पार्टी केन्द्रीय कार्यालयले जारी गरेको बिज्ञप्ती:-