पु.समाचार

सडकमा ढंगाको पहिरोले किचेर दुईको मृत्यु, मृतकसंख्या दर्जन पुग्न सक्ने अनुमान

चितवन । मुँग्लीन नायारणगढ सडक खण्डमा पहिरोका कारण दुइको मृत्यु भएको छ, भने मृतकको संख्या दर्जन पुग्न सक्ने अनुमान प्रहरीको छ । मुंग्लिन नारायणगढ सडक खण्डमा पानी परेर भन्दा पनि सुख्खा पहिरोका कारण उक्त क्षती भएको हो ।

घटनास्थलमा चितवन प्रहरी प्रमुख दिपक थापा र प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको सरकारी टोली घटनास्थलतिर लाकेका छन् । मृत्यु हुनेमा २६ बर्षका बुन्नु पट्टेल र १५ बर्षीय संजीव राना रहेको पुष्टी भईसकेको छ ।

उपप्रधान एबम् गृहमन्त्री बिमलेन्द्र निधिले उक्त पहिरो नियन्त्रण गरि घाईतेहरुको उद्दारमा कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिएका छन् । गृहमन्त्रीको निर्देशन पश्चात जिल्ला प्रशासन प्रशासन कार्यालयले उद्दारका लागी आवश्यक कदम चालिरहेका छन् । पहिरोले केहि मोटरसाईकल, ट्याँकर लगायतको भौतिक क्षती समेत भएको समाचार छ ।

यस क्षेत्रमा प्रायः बर्षा याममा पानी परेर पहिरो गई क्षती हुने गरे पनि पछिल्लो समयमा सुख्खा याममा समेत ढुंगा खसेर मानबीय क्षती हुने गरेको ।