अन्तर्राष्ट्रिय

भारतमा २ सयभन्दा बढी प्रहरी अस्पताल भर्ना

एजेन्सी । भारतका झन्डै दुइसय अर्धसैनिक प्रहरी विषाक्त खानाका कारण अस्पताल भर्ना भएका छन् । भारतको दक्षिणी क्षेत्रमा पर्ने केरला राज्यमा भएको एक तालिममा खाना खाएपछि प्रहरीहरु विरामी भइ अस्पताल भर्ना गरिएको हो ।

सेन्ट्रल रिजर्भ पोलिस फोर्स (सिआरपीएफ)मा आवद्ध ती प्रहरी प्रशिक्षार्थीहरु र तालिममा रहेका अन्य सुरक्षाकर्मीले खानाको रुपमा भात र माछा खाएका थिए ।अर्नाकुलम जिल्लामा शनिबार बेलुका साँझको खाना खाएपछि उनीहरु विरामी भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।