पु.समाचार

विजयकुमार गच्छदारले गर्न लागे मधेसीहरुलाईनै चिढ्याउने कठोर निर्णय

काठमाडौं । विजय गच्छेदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले पार्टीको नामबाट ‘मधेसी’ शब्द हटाउने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा अभ्यक्ष गच्छेदारले पार्टीको नामबाट मधेसी शब्द हटाएर त्यसको सट्टा नेपाल राख्ने जानकारी दिएका हुन् ।

सोमबारको नागरिकमा लेखिएको छ, उनले अब पार्टीको नाम ‘नेपाल लोकतान्त्रिक फोरम’ हुने बताए । दुई बर्षदेखि फोरम लोकतान्त्रिकमा पार्टीको नामबाट मधेसी शब्द हटाउने कि नहटाउने भन्नेमा बहस हुँदै आएको थियो ।