पु.समाचार

यसरी हिस्स पर्दैछन् नवराज सिलवाल र जयबहादुर चन्द, आयो अर्को नयाँ खबर !

काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्तिमा अदालती प्रक्रियाले अप्ठेरो पारेपछि सरकारले सर्वोच्चको फैसलालाई सम्मान र सरकारको कार्यकारी अधिकार दुवैलाई कायम राख्दै तेस्रो व्यक्तिलाई बनाउने गृहकार्य सुरु गरेको खबर बाहिर आएको छ ।

सोमबारको नेपाल समाचारपत्रमा लेखिएको छ, सरकारले डिआईजी जयबहादुर चन्दलाई आईजीपीमा नियुक्ति गरेपछि अर्का दावेदार डिआईजी नवराज सिलवालले रिट दायर गरेपछि सर्वोच्च अदालतले चन्दको नियुक्ति बदर गरेको थियो ।

सत्ता साझेदार दल नेपाली कांग्रेसको चर्को दबाबमा नियुक्त भएका चन्दलाई अदालतले हटाएसँगै प्रहरी संगठन निमित्त आईजीपीको भरमा चलिरहेको छ ।