राजनीति

चुनावको मुखमै एक्कासि यसरी सुरु भयो कांग्रेसलाई फसाउने भित्री षडयन्त्र

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर भएको छ । सभापति देउवाले अदालतको अपहेलना गरेको भन्दै अधिवक्ता हरिप्रसाद मैनालीले आइतबार उहाँविरुद्ध मुद्धा दायर गरेका हुन् । रिट दायरमा सभापति देउवा र उनको पार्टी कांग्रेसलाई विपक्षी बनाइएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा भएको निर्णयले जनमानसमा भ्रम सिर्जना गरेको र सो निर्णयले अदालतको मानमर्दन गरेको भन्दै रिटमा कार्वाहीको माग गरिएको छ ।

केही दिनअघि बसेको कांग्रेस केन्द्रीय समिति बैठकले नेपाल प्रहरीका महानिरीक्षकको नियुक्तिको विवादमा सर्वोच्चले गरेको फैसलालाई सरकारको कार्यकारिणी अधिकारमाथि हस्तक्षेप गरेको भन्दै चर्को आलोचना भएको थियो । कांग्रेस नेतृत्व र पार्टीविरुद्ध यसरी मुद्धा दायर भएपछि सो पार्टीका नेता कार्यकर्ताहरुबाट चुनावको मुखमा पार्टी र पार्टी नेतृत्वलाई बदनाम गराउने गरी फसाउने षडयन्त्र भएको भन्दै चर्को आलोचना सुरु भएको छ ।