पु.समाचार

प्रधानमन्त्री दाहालको निर्देशनमा निर्बाचन आयोगबाट डा.भट्टराई पक्राउ

काठमाण्डौ । निर्बाचन आयोग घेर्न एकाबिहानै दलबलसहित कान्तिपथस्थीत आयोगको कार्यालय गएका नयाँशक्ती नेपालका संयोजक डा. बाबुराम भट्टराई उनकी धर्मपत्नी हिशिला यमी सहित पक्राउ परेका छन् ।

६४ दलका नेताहरु दलीय चुनाव चिन्ह माग गर्दै निर्बाचन आयोग घेराउ गर्न गएका थिए । उक्त घेराउमा बैद्य माओबादीका अर्का नेता सीपी गजुरेल समेत पक्राउ परेका छन् ।

माओबादी केन्द्र छाडेर नयाँशक्ती गठनमा सकृय भएका पूर्ब प्रधानमन्त्री समेत रहेका डा. भट्टराई पार्टीका सहयोद्धाहरुले पार्टी छाड्दै गएपछि चिन्तित बनेका छन् ।

प्रधानमन्त्री रहेका पुष्पकमल दाहाल बाबुरामसंग रुष्ट भएक कारण दाहालकै षढ्यन्त्रमा डा. भट्टराई पक्राउ परेको आरोप नाम नभन्ने शर्तमा नयाँशक्तीका एक नेताले सुर्यखबरलाई बताए ।