पर्यटन/संस्कृति

सदस्यसचिब बिष्टले प्रदान गरे सञ्जयको टिमलाई प्रमाणपत्र

काठमाण्डौ । राष्ट्रिय खेलकुद परिषदमा १८० औ संघको रुपमा दर्ता भएको नेपाल माउन्टेन दौड संघका सम्पूर्ण कार्यकारी सदस्यहरुलाई सनिबार बागबजारको हबेली होटेलमा भएको कार्यकममा प्रमाण पत्र प्रदान गरिएको छ ।

राखेप का सदस्य सचिब केशब कुमार बिस्टको प्रमुख आतिथ्यता तथा राखेप कै सदस्य उपेन्द्र पौडेल बिशिस्ठ अथिति भएको कार्यकममा नब गठित नेपाल माउन्टेन दौड संघ संजय पण्डितको अध्यक्षतामा भएको कार्यसमितीलाइ प्रमाण पत्र एबम् खादा लगाएर बितरण गरिएको थियो ।

कार्यकममा संघका बरिष्ठ उपाध्यक्ष जित बहादुर के सी ,उपाध्यक्षहरु प्रनिर अधिकारी, सम्पन्न श्रेष्ठ, मधु घोरासैनी , करन बिस्ट, महासचिब मन बहादुर खत्री, सचिब शिव कुमार पण्डित, सहसचिब पदम लाल सापकोटा, सदस्यहरु केशव रायमाझी, गोबिन्द पण्डित, रिखी राम पोख्रेल अनिश खड्का, मदन लुइँटेल लगायतलाइ संयुक्त रुपमा प्रमाण पत्र हस्त्रारन्त्ररण गरियो ।

कार्यकममा प्रमुख अतिथी बिस्टले अब यो नया संघले नया आयामका साथमा नेपालको हिमालय ,पर्वतीय अल्ट्रा ट्रेल दौडमा नया आयाम लिउने कुरामा आफु बिस्वस्थ रहेको बर्ताका थिए ।

त्यस्तै बिशिष्ठ अतिथी उपेन्द्र पौडेल आफ्नो तर्फ देखि जस्तो सुकै सहयोग गर्न पनि पछि नपर्ने कुरा बताए ।