पु.समाचार

गतिबिधी गर्नु गैरकानुनी भएको दाबी गर्दै बिप्लब माओबादीलाई चेतावनी !

काठमाण्डौ । नेपाल कम्न्युष्ट पार्टीले आधिकारीक रुपमा दर्ता भएको आफ्नो पार्टीको नाम बिप्लप माओबादीले चारेकोमा आपत्ती प्रकट गरेको छ । नेपाल कम्न्युष्ट पार्टीका अध्यक्षले एक बिज्ञप्ती जारी गर्दै बिप्लबले आफ्नो पार्टीको नाममा कुनै गतिबिधी गर्नु गैरकानुनी भएको दाबी गरेका छन् ।

आफ्नो निर्बाचन आयोगमा दर्ता भएको पार्टीको नाममा कुनै कृयाकलापहरु गरे कारबाही गर्न सरकारसंग आह्वान गरेका छन् । केहिदिन अगाडीमात्र रोल्पाको चुनुवागं बैठकबाट बिप्लबले आफ्नो पार्टीको नाम परिवर्तन गरी नेपाल कम्न्युष्ट पार्टी बनाएका थिए ।

बिज्ञप्तीमा भनिएको छ, “हालै केहिदिन देखि विप्लव भनिने नेत्रविक्रम चन्दले नेतृत्व गरेको भन्ने माओवादी पार्टीले आफ्नो नाम वदली नेपाल कम्युनिष्ट पार्टी राखेको भन्नेकुरा पत्रपत्रिकाहरुको समाचार हरुमा सार्वजनिक भएको कुराप्रति नेपाल कम्युनिष्ट पार्टीको ध्यान गम्भिर रुपमा आकर्षित भएकोछ । “नेपाल कम्युनिष्ट पार्टी दोस्रो संविधान सभा निर्वाचन अगाडीनै निर्वाचन आयोगमा दर्ताभै नेपालको संविधान अनुसार क्रियाशिल पार्टी हो ।