आर्थिक

यसकारण, अब नेपाललाई तेश्रो मुलुकबाट पनि इन्धन ल्याउन बाटो खुल्यो

काठमाडौं । नेपाल आयल निगमले अब तेस्रो मुलुकबाट पनि इन्धन आयात गर्न पाउने भएको छ । भारतबाट मात्रै इन्धन आयात गर्दै आएको निगमलाई तेस्रो मुलुकबाट समेत इन्धन ल्याउन इन्डियन आयल कर्पोरेशन (आईओसी)ले सहमति दिएको छ ।

सहमतिअनुसार आइओसीले भनेजति परिमाणमा तेल उपलब्ध गराउन नसकेको अवस्थामा तेस्रो मुलुकबाट पनि इन्धन ल्याउन सक्ने व्यवस्था गरिएको हो ।

बिहीबारको कारोबारमा लेखिएको छ, इन्धन खरिद सम्झौता नविकरण गर्ने विषयमा एनओसी र आईओसीका उच्च अधिकारीबीच हालै भएको छलफलपछि नेपालले यो अधिकार पाएको छ । यसअघिको सम्झौतामा नेपालले आईओसीसँग मात्र पेट्रोलियम पदार्थ खरिद गर्नुपर्ने बाध्यकारी व्यवस्था थियो ।