पु.समाचार

सप्तरी घटनाबारे बेलायतले दियो यस्तो प्रतिक्रिया

काठमाडौं । सप्तरीमा सोमबार भएको हिंसात्मक घटनाबारे संयुक्त अधिराज्य बेलायतले समेत चासो व्यक्त गरेको छ । काठमाडौंस्थित बेलायती दूतावासले सो घटनामा निधन भएकाप्रति दुख व्यक्त गर्दै सुरक्षा निकायलाई अधिकतम संयमता अपनाउन आग्रह गरेको छ ।

बिहीबारको नेपाल समाचारपत्रमा लेखिएको छ, दूतावासले विज्ञप्ति जारी गर्दै सूरक्षा निकाय तथा राजनीतिक दलरुलाई हिंसात्मक गतिविधि त्यागेर शान्तिपूर्ण ढंगबाट अघि बढ्न आग्रह गरेको छ ।

सरकारले घोषणा गरेको स्थानीय निकायको निर्वाचनबारे बेलायत पछिल्लो घटनाले गम्भीर चिन्तित बनेको विज्ञप्तिमा उल्लेख छ ।