पु.समाचार

सभापती देउवाद्वारा महिला दिबशको अवशरमा शुभकामना !

सुर्यखबर संबाददाता,
काठमाण्डौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महिला दिवशका अवशरमा शुभकामना दिएका छन् । एक बिज्ञप्ती जारी गर्दै महिला दिवसको सन्दर्भमा स्वदेश तथा विदेशमा रहनु भएका महिला दिदी वहिनीहरुको सुख शान्ति समृद्धिको एवं उत्तरोत्तर प्रगतीको कामना गरेका छन्।

जनसंख्याको झण्डै आधाभन्दा वढि भाग ओगटेको महिला दिदी वहिनीहरुलाई हरेक निकायमा संलग्न गराई उनीहरुको क्षमतालाई राष्ट्र निर्माणमा लगाउनु आजको आवश्यकता हो, देउवाले भनेका छन् ।

हाम्रो पार्टीले हरेक संरचनामा महिला सहभागीता अनिवार्य गरेको छ । पदीय जिम्मेवारीमा महिला दिदी वहिनीहरुलाई लगी मुलुकमा रहेको लैङ्गिक भेदभावलाई हटाउनु पर्दछ भन्ने मेरो मान्यता रहेको छ, सभापति देउवाको भनाई छ ।