विचार/ब्लग

अतिबादी चरित्रका कारण ४ जना नेपालीको ज्यान गयो, १० लाखले क्षतिपूर्ति पुग्छ र ?

काठमाण्डौ । नेकपा एमालेको मेची माहाकाली अभियानको क्रममा सप्तरीको राजबिराजमा प्रहरीको गोली लागी चारजनाको मृत्यु भएको छ । मृतक जुनसुकै समुदाय वा बिचारका भएपनि सबैले घटनाप्रति दुःख प्रकट गरेका छन् । उनीहरुको मृत्युपछि एमालेले आफुना थप कार्यक्रमहरु स्थगित गरेको छ ।

बाबुराम आचार्य

नेकपा एमाले संसदमा प्रतिनिधित्व गर्ने मुलुकको दास्रो ठूलो दल हो । एमाले र मधेसी मोर्चाबीच केपी ओली प्रधानमन्त्री भएदेखि नै सम्बन्ध चिसिएको सर्बबिदितै छ । मोर्चा संसदमा प्रतिनिधित्व गर्ने दलको हिसाबमा हेर्दा एमालेको तुलनामा शून्य प्रायः छ ।

काँग्रेस मुलुकको सबैभन्दा ठूलो र माओबादी केन्द्र तेस्रो ठूलो दल हो । राप्रपा नेपाल चौथो ठूलो दल थियो, अहिले एकीकरणपछि अझै बढी सीटसहितको चौथो ठूलो दल भएको छ ।

सरकारमा जाने दलमात्र शत् प्रतिशत जिम्मेवार हुन्छ भन्ने गलत परम्पराको बिकास भएको हो कि भन्ने नेपाली राजनीतिमा देखिन्छ । भोली  काँग्रेस वा माओबादी पनि त प्रतिपक्षमा बस्न सक्छ नि त्यसबेला उसले आफ्नो स्पे अनुसारको जिम्मा लिनु पर्छ नै ।

सरकारमा तेस्रो ठूलो दलका तर्फबाट केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्रीलाई बलियो समर्थन गरेको छ नेपाली काँग्रेसले । यहाँ दल, ठूलो सानो भन्दा पनि संबिधान कार्यान्वयनको दीशामा सबै जिम्मेवार राजनीतिक दलहरु केन्द्रीत हुनुपर्ने देखिएको छ । मधेसीमोर्चासंग संख्यात्मक हिसा कम भएपनि मधेसीको सिम्प्याथी त छ । जस्तै माओबादी जनयुद्धको जस्तै आन्दोलनबाट आएका शक्ती हुन मधेसबादी दलहरु ।

नेकपा एमाले प्रमुख प्रतिपक्षी दलको रुपमान भएपनि मुलुकको प्रमुख जिम्मेवार नै हो । उसले मुलुकमा भएका राम्रा र नराम्रा कुराहरुको जिम्मा लिनैपर्छ, चाहे सरकारमा जाओस चाहे नजाओस । राप्रपाले पनि मुलुकको चौथो जिम्मेवार दल भएको नाताले उत्तिकै जिम्मेवार हुन जरुरी छ । सरकारमा जाने दलमात्र शत् प्रतिशत जिम्मेवार हुन्छ भन्ने गलत परम्पराको बिकास भएको हो कि भन्ने नेपाली राजनीतिमा देखिन्छ । भोली  काँग्रेस वा माओबादी पनि त प्रतिपक्षमा बस्न सक्छ नि त्यसबेला उसले आफ्नो स्पे अनुसारको जिम्मा लिनु पर्छ नै ।

मुलुकको राजनीति तरल अवस्थामा छ, सरकार एक बर्ष टिक्नु नै ठूलो कुरा भएको छ झण्डै ७० बर्षदेखि । प्रत्यक्ष निर्बाचित कार्यकारी प्रमुख र ५ बर्ष सम्म सरकारलाई अबिश्वासको प्रस्ताब दर्ता गरेर पैसाको चलखेलमा सरकार परिवर्तन गर्ने कानुन संबिधानमा परिवर्तन गर्नु, आफ्नो मुलक र जनताका लागि पारिवारीक र पार्टीगत परिधिभन्दा बाहिर गएर निर्णय गर्ने नेपाली राजनीतिज्ञमा आँट हुनु, आफ्नो जिम्मेवारीलाई तन र मन दिएर कार्यान्वयन गर्नतिर सबै जिम्मेवार सरकारी, गैरसरकारी, राजनीतिक, उद्योगी, ब्यावशायी, वकील, पत्रकार, मजदुर, प्राध्यापक, डाक्टर लगायतका समुदाय लाग्नु अहिलेको अनिबार्य आवश्यक्ता हो ।

यही आवश्यक्तालाई मध्यनजर गर्दै देश काल र परिस्थीति अनुसार मुलुक बिकासका लागी ब्यक्ती वा संस्थाले हार्न सबै तयार हुनु पर्छ । तराईमा प्रहरीको गोली लागी चारजनाको हत्या हुनुमा नेकपा एमाले र मधेसबादी दुबैको घमण्ड हो । बिचरा चार जना मरे उनीहरुको क्षतीपूर्ति १० लाख रुपैंयाँले पुग्छ र ? उनीहरुलाई मार्ने प्रहरीलाई कारबाही गरेर वा गृहमन्त्रीले राजीनामा दिएर त्यो क्षतिपूर्ति हुन्छ र ?  हुंदैन ।

संबिधान बनेको छ, लागू हुन सकेको छैन, कार्यान्वयन हुन सकेको छैन, यस्तो अवस्थामा मधेसमा लफडा हुने संकेत भएपनि एमालेले किन मेची माहाकली अभियान चलाउनु, त्याही हो त एमालेको जिम्मेवारीपन ? भयो त परिणाम रातारात एमाले नेताहरु तराईबाट भाग्नुपर्ने अवश्था आयो नि ?

अनि अर्कोतर्फ मधेसीमोर्चाले एमालेको आमसभालाई किन रोक्ने प्रयास गर्नु ? त्यही हो त मधेसबादी दलहरु मिलेर बनेको मोर्चाको लोकतान्त्रीक चरित्र ? दुबैको दम्भ, अतिबादी चरित्रका कारण चारजना मधेसी मूलका नेपालीहरुको ज्यान गयो ।

यसको क्षतीपूर्ति अरबौं दिएर पनि पुग्दैन, अतिबादी चरित्र त्यागेर मुलुकलाई बिकासको बाटोतिर धकेल्नु नै उनीहरुको सच्चा क्षतीपुर्ति हुनेछ । दम्भ र घमण्डले कहिल्यैपनि प्रगती हुन सक्दैन, सीमित समयका लागि कुनै ब्यक्ती वा सस्थाले लाभ लेला तर त्यसले स्थायीत्व पाउन सक्दैन । अतिबाद त्यागौं । देश काल र परिस्थीति बुझेर अगाडी बढौं ।

राजाले बिगतमा अतिबाद लाद्यन खोज्दा आफू र आफ्नो संस्था नै खत्तम बताएको उदाहरण त ताजै छ नि हैन र ? जिम्मेवार भएर प्रश्तुत हुनुहोस घमण्ड देखाएर होईन ।