अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपतिद्धारा नयाँ आदेश जारी गर्ने तयारी, यस्तो नयाँ आदेश

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अध्यागमनसम्बन्धी नयाँ आदेश जारी गर्ने भएका छन् । यसअघि जारी गरेको विश्वभरका शरणार्थी तथा मुस्लिम बहुल देशका नागरिकलाई प्रवेशमा निषेध गर्ने आदेशमा अदालतले रोक लगाएपछि ट्रम्पले नयाँ आदेश जारी गर्न लागेका हुन् । यसअघि पनि राष्ट्रपति ट्रम्पले यस्तै घोषणा गरेका थिए ।

ट्रम्पले गत महिना पद सम्हालेलगत्तै जारी गरेका आदेशको व्यापक आलोचना भएको थियो । मंगलबारको कान्तिपुरमा लेखिएको छ, लगत्तै कानुनी मान्यताप्राप्त भिसा भएकालाई समेत विभिन्न विमानस्थलमा रोकिएको थियो भने कतिपयलाई स्वदेश फिर्ता गरिएको थियो । यसबाट अमेरिका मात्र होइन विश्वभर उनको विरोध भएको थियो ।

नयाँ आदेशमा के हुनेछ भन्नेबारे अहिलेसम्म सार्वजनिक गरिएको छैन । तर आदेशमा प्रतिबन्धित देशको सूचीबाट इराकलाई हटाउन सक्ने अनुमान छ ।