पु.समाचार

सप्तरीमा यसरी चलेको रहेछ गोली, खुल्यो भित्री रहस्य !

सप्तरी । एमालेले मेची–महाकाली अभियान घोषणा गरेदेखि नै मधेसी मोर्चाले अवरोध गर्ने चेतावनी दिएको थियो । २१ फागुनमा काँकडभिट्टामा अभियान उद्घाटन भए पनि १९ फागुनदेखि नै सप्तरीमा अवरोधको तयारी भएको थियो । संविधान संशोधन गर्न नदिएर एमालेले मधेसी जनताको अधिकारलाई कुल्चिएको भन्दै मोर्चाले गाउँगाउँमा मसाल जुलुससहित भण्डाफोर अभियान चलाएको थियो । एमालेको प्रचारात्मक कार्यक्रमलाई पनि अवरोध गर्दै शुक्रबार बिहान पार्टीका जिल्ला उपसचिव प्रतापनारायण चौधरीलाई मोसो दलिएको थियो । दिउँसो पार्टी सचिव शम्भु यादवको झोला खोसिएको थियो । सोही दिन एमाले सांसद रञ्जु ठाकुर चढेको गाडीमाथि ढुंगामुढा भएको थियो । तर, शनिबार भने मोर्चाका नेताहरू अवरोधको तयारी गर्न गाउँतिर गए, सहर शान्त थियो ।

आइतबार बिहानदेखि टायर बाल्दै एमालेविरुद्ध प्रदर्शन सुरु भयो । मंगलबारको नयाँ पत्रिकामा लेखिएको छ, राजविराजको कार्यक्रम बिथोलिने निश्चितजस्तै भएपछि एमालेले तीन किलोमिटर उत्तर औद्योगिक क्षेत्रमा सार्ने निर्णय गर्योम । तर, सरकारी स्वामित्वमा रहेको औद्योगिक क्षेत्रमा कुनै पनि दलले अहिलेसम्म कार्यक्रम नगरेकाले अब पनि गर्न पाइँदैन भन्दै नाराबाजी भयो । औद्योगिक क्षेत्रको गेटमा तालाबन्दी पनि गरियो ।

औद्योगिक क्षेत्रमा आइतबारदेखि नै सुरक्षाकर्मी परिचालन भएका थिए । तर, सोमबार बिहान सो क्षेत्र पूर्ण रूपमा सुरक्षाकर्मीको नियन्त्रणमा थियो । बिहानैदेखि राजविराज, भारदह, कञ्चनपुर, रुपनीमा मोर्चाका कार्यकर्ताले टायर बालेर लाठीसहित प्रदर्शन गरिरहेका थिए । ९ बजेसम्म एमालेले कार्यक्रम गर्ने कि नगर्ने भन्ने अन्योल थियो । ९ बजेपछि मात्र मञ्च बनाउन सुरु भयो । एमालेले भारदह–हनुमाननगर–राजविराज आउने रुटलाई परिवर्तन गरेर भारदह–कञ्चनपुर–रुपनी हुँदै औद्योगिक क्षेत्र प्रवेश गर्ने नयाँ रुट बनायो । कार्यक्रम हुने निश्चित देखेपछि मोर्चाका प्रदर्शनकारी गाउँगाउँबाट ओइरिन थाले ।

सुनसरी इनरुवाको कार्यक्रम सकेर एमालेको र्यादली सप्तरी प्रवेश ग¥यो । भारदहमा सुरक्षा घेराभित्र रहेका मोर्चाका कार्यकर्ताले कालोझन्डा देखाए । तर, झडप भएन । र्याली कञ्चनपुरत अघि बढ्यो, जहाँ कालोझन्डा देखाउने मोर्चाका कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गर्दा तीनजना घाइते भए । तर, र्याीली विनाअवरोध अगाडि बढ्यो ।

करिब ४ बजे एमालेको र्या ली सप्तरीको बसबिट्टी गाविसस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र प्रवेश गर्यो । त्यतिवेलासम्म सप्तरीका विभिन्न क्षेत्रबाट आएका मोर्चाका कार्यकर्ता सभास्थलनजिक पुगिसकेका थिए । तर, उनीहरूलाई प्रहरीले औद्योगिक क्षेत्रबाट दक्षिण राजविराजतर्फ नै रोकिराखेको थियो । सभा सुरु भएपछि केही प्रदर्शनकारी सभास्थलको पूर्वपट्टि दुई सय मिटरनजिक गहुँ खेतमा आएर कालोझन्डा देखाउँदै नाराबाजी गर्न थाले । प्रहरीले पटकपटक लाठीचार्ज गरेर प्रदर्शनकारीलाई तितरबितर गर्योी । उनीहरूले फेरि जम्मा हुँदै नाराबाजी गरिरहे । त्यहीबीचमा सद्भावना पार्टीका नेताहरू दीपेन्द्र चौधरी, किशोर यादव, लक्ष्मण यादवसहितका मधेसी अगुवालाई प्रहरीले पक्राउ पनि गर्योो । तर, मोर्चाका कार्यकर्ताको प्रदर्शन थामिएन ।

उता, नेताहरूले भाषण गरिरहेका थिए । माधव नेपाल सुरुमा बोले । त्यसपछि भर्खरै केन्द्रीय सदस्यमा मनोनीत लालबाबु यादव र स्थायी समिति सदस्य सत्यनारायण मण्डल बोले । उनीहरूले पाँच–सात मिनेटका दरले मात्र समय लिए । मोर्चाका कार्यकर्ता सभास्थलको ठीक पूर्वतर्फ राजविराज–रुपनी सडकसम्म आएर टायर बाल्दै प्रदर्शन बढाउँदै थिए । उनीहरूलाई नेपाल प्रहरीको दुई र सशस्त्र प्रहरीको एक गरी तीन घेरामा रोकेर राखिएको थियो । योबीचमा मोर्चा कार्यकर्ता र प्रहरीबीच ढुंगा हानाहान भइरहेको थियो । प्रहरीतर्फबाट एमालेका स्वयंसेवकले पनि मोर्चा कार्यकर्तातर्फ ढुंगाबाटै जवाफ फर्काइरहेका थिए ।

अन्त्यमा एमाले अध्यक्ष केपी ओलीले सम्बोधन सुरु गरे । ‘दुई–चारजनाले कालोझन्डा देखाउँदैमा एमाले डराउनेवाला छैन, कालोझन्डा देखाएर देश बन्दैन, देश बनाउने हो भने रातोझन्डामुनि आऊ, म आग्रह गर्दछु,’ ओलीको भनाइ यस्तै थियो । उनले बोलिरहँदा करिब पौने पाँच बजेको थियो । ओलीले सभालाई सम्बोधन गर्न थालेपछि थप आक्रोशित बनेका मोर्चाका कार्यकर्ता सभास्थलतर्फ अगाडि बढ्न खोज्दा सुरक्षाकर्मीले सयौँ राउन्ड अश्रुग्यास प्रहार गर्योग । तर, स्थिति नियन्त्रण भएन । त्यसपछि प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा चारजनाको मृत्यु भएको मोर्चाले जनाएको छ । १२ जना गम्भीर घाइते छन् ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धव तिमिल्सिनाले स्थिति नियन्त्रणभन्दा बाहिर जान थालेपछि प्रहरीले गोली चलाएको बताएका छन् । प्रदर्शनकारीको ढुंगा लागेर दुई–तीनजना सुरक्षाकर्मीसमेत घाइते भएको उनको भनाइ छ । तर, प्रहरीले पानीको फोहोरा हान्न वारुणयन्त्र पनि नचलाई गोली चलाएको आन्दोलनकारीको गुनासो छ ।