पु.समाचार

सप्तरीमा गोली चलेलगत्तै प्रधानमन्त्री र केपी ओलीबीच यस्तो कुराकानी

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेको मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा कुनै अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीलाई निर्देशन दिएका थिए । सप्तरीमा सोमबार भएको प्रदर्शनमा पनि संयम हुन निर्देशन दिएका थिए । उनले प्रदर्शनकारीमाथि गोली नचलाउनसमेत निर्देशन दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच सप्तरी घटनाबारे टेलिफोन संवाद भएको छ । आफू गएको ठाउँमा किन ढुंगामुढा हुन्छ रु किन असुरक्षा सिर्जना हुन्छ भन्दै ओलीले प्रधानमन्त्रीसँग प्रश्न गरेका थिए । मंगलबारको नयाँ पत्रिकामा लेखिएको छ, जवाफमा प्रधानमन्त्रीले घटना कसरी भयो र कस्ले भड्कायो भनेर एमालेले नै समीक्षा गर्नुपर्ने बताए । ‘देशलाई थप मुठभेडमा लग्ने कि जोगाउने, तपाईंहरूका शीर्ष नेताहरू बसेर समीक्षा गर्नुहोला,’ प्रधानमन्त्रीले जवाफ दिएको स्रोतले जनाएको छ ।

गृहमन्त्री निधि कैलालीबाट काठमाडौं फर्कंदै
कैलाली कांग्रेसले मंगलबार आयोजना गर्ने कार्यक्रममा भाग लिन गएका गृहमन्त्री विमलेन्द्र निधि सोमबार राति नै काठमाडौंतर्पm लागेका छन् । उनले एमाले अध्यक्ष केपी ओली र तमलोपा अध्यक्ष महन्थ ठाकुरसँग टेलिफोन वार्ता गरेका छन् । तराईमा कार्यक्रम स्थगन गर्न ओलीलाई आग्रह गरेका निधिले ठाकुरलाई भने संयमता अपनाउन भनेका छन् । निधिले तमलोपा अध्यक्ष ठाकुरलाई घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उपचारको व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका छन् ।