राजनीति

गोली लागेर ढल्नु केहीबेर अघि, उनै युवालाई सप्तरीमा ओलीले यस्तो आह्वान गरेका थिए !

सप्तरी । नेकपा एमालेका अध्यक्ष केपी ओलीले मधेसी मोर्चाका कार्यकर्तालाई एमालेमा आउन आह्वान गरेका छन् । सोमबार राजविराजमा आयोजित सभालाई सम्बोधन गर्दै उनले सो आह्वान गरेका हुन् ।  सभालाई सम्बोधन गर्दै उनले मधेसी मोर्चाका कार्यकर्ताप्रति संकेत गर्दे भने, ‘अब तपाइँहरुले ढुंगा हान्ने काम छोड्नुहोस्, कालो झण्डाको साटो रातो सूर्य झण्डा बोक्न एमालेमा आउन म मधेसी मोर्चामा आबद्ध युवाहरुलाई आग्रह गर्छु ।’

अध्यक्ष ओलीले कालो झण्डा देखाएर एमालेलाई नतर्साउन समेत चेतावनी दिए । नेकपा एमालेको जन्म तराई मधेसमै भएको र तराईको विकासमा आफ्नो पार्टीको महत्वपूर्ण योगदान भएको बताउँदै अध्यक्ष ओलीले दुईचारवटा कालो झण्डा देखाएर एमाले नतर्सने बताए ।
कार्यक्रममा बरिष्ठ नेता माधव नेपाल र स्थानीय नेताहरुले समेत सम्बोधन गरेका थिए ।