प्रवास

पाँच नम्बर प्रदेश टुक्राउन हुंदैन – महामन्त्री कोईराला

सुर्यखबर संबाददाता,
बार्सिलोना । नेपाली काँग्रेसका माहामन्त्री डा. शसाँक कोइरालाले संबिधान कार्यान्वयनका लागि स्थनीय निकायको निर्बाचन अपरिहार्य भएको बताएका छन् । जनसम्पर्क समिति बेल्जीयमको कार्यक्रममा बोल्दै माहामन्त्री कोईरालाले मधेसी दलहरुलाई समेत समेटेर स्थानीय निकायको निर्बाचन गर्नुपर्न बिचार ब्यक्त गरेका छन् ।

९० प्रतिशत भन्दा बढी जनप्रतिनिधिले बनाएको संबिधान कार्यान्वयन गर्न १० महिना भित्र गर्न नसके मुलुको भबिश्य अन्धकार हुनेतर्फ सबै सजग हुनुपर्ने बताउदै आफूले सभापति शेरबहादुर देउवालाई ५ नम्मर प्रदेश टुक्राउन नहुने सल्लाह दिएको दाबी गरेका छन् ।

पूर्बमन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य एनपी साउदले भने काँग्रेस सिद्धियो भन्नेहरुको मुखमा स्वपीयू निर्बाचनको परिणामले मुखमा बुजो लागेको बताएका थिए । कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी र सुरेन्द्र पाण्डेले पनि आफ्नो धारणा राखेका थिए ।

 माहामन्त्री कोईराला अधिवेशन सम्पन्न नहुन्जेल सम्म युरोपमा नै रहने निकटस्थ स्रोतको दाबी छ ।