पु.समाचार

सशस्त्र प्रहरीभित्र चर्को विवाद, यस्तो छ विवादको भित्री कारण

काठमाडौं । सशस्त्र प्रहरी बलमा विवादास्पद सशस्त्र प्रहरी नियमावली २०७२ लाई लिएर भएको विवादले अहिले चर्को रुप लिएको छ । पहिल्लो समयमा गृह मन्त्रालयले तीन अतिरिक्त महानिरीक्षक (एआईजी) र ६ जना वरिष्ठ उपरीक्षक (एसएसपी) का लागि बढुवा पक्रिया थालेपछि सशस्त्र प्रहरी बलभित्रको विवाद सतहमा देखिएको हो ।

सोमबारको राजधानीमा लेखिएको छ, संगठनभित्र कुनै छलफल नै नगरी तत्कालिन महानिरीक्षक (आईजीपी) कोषराज वन्तले आफूनिकटका केही अधिकृतलाई बढुवा प्रयोजनमा सहज हुने गरी ल्याएको सो नियमावलीमा प्रशस्त त्रुटी देखिएको भन्दै सशस्त्रका कैयन् अधिकारीहरु तत्काल नियमावली संशोधनको पक्षमा खुलेर लागेका छन् ।

नियमावली संसोधन नभए यसले संगठनलाई दूरगामी असर पार्ने र सशस्त्र द्वन्द्व चरम बिन्दुमा पुगेका बेला नेपाली सेना र प्रहरीबाट सशस्त्र प्रहरी बलमा स्थानान्तरण भई आएका अधिकारीहरुको वृत्तिविकासमा गम्भीर असर पार्ने आशंकाले बढुवाका आकांक्षीहरु गृहमन्त्रालयअन्तर्गतका शक्तिकेन्द्र धाउन थालेका छन् ।