राजनीति

एमालेको मेची–महाकाली अभियान बिथोल्न मोर्चाको यस्तो तयारी

राजविराज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले एमालेको मेची महाकाली राष्ट्रिय अभियानलाई मधेसमा बिथोल्ने उदेश्यले आह्वान गरेको बन्द कार्यक्रमको पूर्वसन्ध्यामा आइतबार राजविराजमा मसाल र लाठी जुलुस प्रदर्शन गरेका छन् ।

एमालेको अभियानअन्तर्गत सोमबार (आज) राजविराजमा आमशभा गर्ने कार्यक्रम छ । सोमबारको नेपाल समाचार पत्रमा लेखिएको छ, त्यसलाई बिथोल्ने उदेश्यले मोर्चाले आजै बन्द कार्यक्रम, लाठी जुलुस र विरोध सभा कार्यक्रमको घोषणा गरेको छ ।

एमालेको कार्यक्रम रोक्न मोर्चाले गाउँ गाउँबाट कार्यकर्तालाई सदरमुकाममा बोलाई लाठी र मसाल जुलुस प्रदर्शन गरेको हो । मोर्चाको आन्दोलनमा १० हजारभन्दा बढी कार्यकर्ता सहभागी हुने मोर्चा सप्तरीका संयोजक दिनेश यादवको दावी छ ।