अन्तर्राष्ट्रिय

सोमबार अमेरिकी राष्ट्रपति ट्रम्पले संसारभर हंगामा मच्चाउने संकेत !

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि अर्को कडा कदम चाल्ने संकेत दिएका छन् । केही दिनअघि सात मुस्लिम राष्ट्रमाथि प्रतिबन्ध लगाएर संसारलाई चकित पारेका उनले अहिले भने थुप्रै मध्यपुर्वी र अफ्रिकी मुलुकतर्फ निशाना सोझ्याएका हुन्  । सम्भवत, सोमबारसम्म यो सवालमा ट्रम्प प्रशासनले निर्णय लिने तयारी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । अफ्रिका र मध्यपुर्वका मुस्लिम देशहरु ट्रम्पको निशानामा परे संसारभर फेरि अर्को हंगामा मच्चिन सक्ने भन्दै सञ्चारमाध्यामहरुले समाचार सम्प्रेषण गरिरहेका छन् ।

राष्ट्रपति ट्रम्पले आफ्नो मुलुकमा यी देशका नागरिकहरुको यात्रलाई पूर्णत प्रतिबन्ध लगाउनी तयारी गरेको सञ्चारमाध्यामहरुले जनाएका छन् । राष्ट्रपति ट्रम्पको आदेशमा यसअघि सोमलिया, इरान, लिविया, यमन लगायतका मुस्लिम देशहरुमा ९० दिनको प्रतिबन्ध लगाइएको थियो ।

राष्ट्रपति ट्रम्पका पछिल्ला कदमहरुका कारण उनलाई अमेरिकी राजनीतिक इतिहासकै सबैभन्दा कट्टर राष्ट्रप्रमुखका रुपमा विश्वेषण गर्न थालिएको छ । सोमबार ट्रम्प प्रशासनले सो कदम चाले अमेरिकी कुटनीतिक छबि कस्तो होला ? अनुमान गर्न गाह्रो हुँदै गएको अमेरिकाकै एकथरी परराष्ट्रविदहरु प्रश्न गर्न थालेका छन् ।