राजनीति

कुनैपनि शक्तीले एमालेको कार्यक्रमलाई बिथोल्न नसक्ने अध्यक्ष ओलीको दाबी

सुर्यखबर सम्बाददाता,
इटहरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको मेची माहाकाली आमसभा कसैलेपनि रोक्न नसक्ने दाबी गरेका छन् । हिजो बिदेशीदबाबका बादुतपनि संबिधान जारी गरेर देखाएको बताउदै एमलेसंग जनताको मन भएकोले सरकारबाट हटेपनि हाफूलाई आत्माग्लानी नभएको दाबी गरेका छन् ।

उर्लाबारी, मंगलबारे, डाँगी गांउ हुंदै एमालेको अभियान बेलबारी पुगेको छ । सोमबार सुनसरी हुदै सप्तरीमा बिशाल जनसभा गर्ने एमालेको तयारी छ । सप्तरी एमालेको जनसभा बिथोल्न मधेसी मोर्चाले लाठी जुलुस निकाल्ने तयारी भएको समाचार आएपनि एमाले अध्यक्ष ओली त्यसप्रति चिन्तित देखिएका छैनन् ।

ओलीका साथमा माधब कुमार नेपा, झलनाथ खनाल, एमाले उपाध्यक्ष भीम रावल, संसदीय दलका उपनेता सुवाशचन्द्र नेम्वाङ, सचिब भीम आचार्य लयायतका नेताहरुको उपस्थिति थियो ।

सोमबारको कार्यक्रम बिथोल्न मोर्चाका कार्यकर्ताहरु राँके जुलुस सहित तयारी अवस्थामा रहेको जानकारी पाएपछि जनपथका पुर्बाञ्चल डीआईजी रमेश कुमार भट्टराई र शसस्त्रका डीआईजीले स्थलगत निरीक्षण समेत गरेका थिए ।

शसस्त्र र जनपथका डीआईजीहरुले सुरक्षाको चाँजोपाँजो मिलाउने क्रममा एमाले नेताहरुसंगको छलफलपछि मोर्चाका नेताहरु संगसमेत छलफल गरेको स्रोतको दाबी छ ।

केहिदिन अगाडी एमाले अध्यक्ष ओलीले उपप्रधान एबाम् गृहमन्त्री बिमलेन्द्र निधीसंग भेट गरेका थिए । उक्त भेटमा सुरक्षाका बिषयमा समेत कुरा भएको थियो ।