राजनीति

डीआइजी सिलवालले समातेको ३३ किलो सुन तस्करीमा मारबाडी र नेवार  घराना, को को छन् त ? (नाम सहित)

सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । नेपाल प्रहरीको सिबिआईले ३३ किलो सुन तस्करीमा संलग्न ३० जना ब्यक्तीहरुको नाम सार्बजनिक गरेको छ । ३३ किलो सुन तस्करीमा संलग्न ब्यक्तीहरु दुबईमा बसेर धन्दा चलाईरहेको प्रहरी रिपोर्टमा उल्लेख छ ।

नेपाल प्रहरीका डीआइजी नवराज सिलवालले अन्तर्राष्ट्रिय बिमानस्थलमा समातेको ३३ किलो भन्दा बढी सुन तस्करीमा समलग्न भएको आरोपमा अन्तर्राष्ट्रिय बिमानस्थलमा एसएसपी श्याम खत्री पक्राउ पश्चात कारागारमा छन् । सिबीआई रिपोर्टका अनुसार ३० मध्ये १२ जना ब्यक्तीहरु पक्राउ परेका र १८ जना फरार रहेका सीिबिआईले बताएको छ ।

सुनकाण्डमा संलग्नहरु नाईकेको रुपमा हरिशरण खड्का छन् भने ध्रुब गुप्ता, रोशन भुषाल, राजन प्रसाद पन्त, कृष्णगोपाल अग्रवाल, केशब चापागाई, चूडामणी उप्रेती, अर्जुन प्रसाद खरेल, गोपाल भुषाल, दुर्गाप्रसाद खरेल, दिलबन्धु थापा, सन्तोष काफ्ले, गोपाल शाही रहेका छन् ।

यसैगरी, रामहरी कार्की, रामप्रताप खड्का, प्रकाश खरेल, बुद्धिमान खरेल, भोला मगर, संकेत खतिवडा, बिष्णु सुबेदी, माधब सुबेदी, दिलबाहादुर थापा, श्रीनारायण यादब, एसएसपी श्याम खत्री, राजकुमार ढकाल, गंगा भुर्तेल, प्रध्युम्नहरु श्रैष्ठ, श्याम श्रेष्ठ, तेजबहादुर श्रेष्ठ रहेको प्रहरीको केन्द्रीय अनुसंधान ब्यरोले बताएको छ ।

प्रहरी रिपोर्टमा नेपालबाट सुन मगाउने तस्करहरुको समेत नाम लिष्ट आउट गरेको छ । सुन मगाउनेहरु ठूलै ब्यापारीक घरानाहरुका छन् । यसबाट निकैमाथीसम्म प्रहरीले पक्राउ गर्ने अनुमान लगाउन सकिन्छ । रामकृष्ण गोयल, राहुल गोयल, कुशुम योगल, राजेन्द्रकुमार शाक्य, कुशुम बज्राचार्य, प्रमोद श्रेष्ठ र बिभूति अमोल भालचन्द्र सुन मगाउने ब्यावशायीहरु रहेका छन् । सुन मगाउने ग्रुपमा मारबाडी र ब्यावसायी घरना नेवार समुदाय रहेको प्रहरी रिपोर्टले देखाउछ ।

तस्करीमा संलग्नहरु कोही दुबईबाट सामान पठाउने त कोही नेपालमा सेटिङ मिलाउने काममा संलग्न भएका थिए । सुन पक्राउ गर्ने डीआइजी सिलवाल सरकारले आफू सिनियर भएपनि जुपनियर डीआईजीपी जयबहादुर जन्दलाई आइजीपी बनाएको असन्तुष्टीमा  सर्बाेच्च अदालतमा मुद्धा हालेर सुनुवाईको प्रतिक्षामा रहेका डीआईजी हुन् । सरकारले क्याबिनेट निर्णयबाट जयबहादुर चन्दलाई आईजीपी बनाएको थियो । अहिले सर्बोच्च अदालतले सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आन्तरीम आदेश जारी गरेको छ ।

सुन तस्करीमा अर्थमन्त्री कृष्णबहादुर महराको पनि नाम जोडेर मीडीयामा प्रचार भएपनि उनको संलग्नता देखिएको छैन ।