आर्थिक

सामसुङ नेपालले ल्यायो नयाँ स्मार्ट फोन

काठमाण्डौ । ग्राहकहरु माझ अहिलेसम्मकै उत्कृष्ट कार्यक्षमता प्रस्तुत गर्ने उद्धेश्यका साथ सामसुङ नेपालले नयाँ स्मार्ट फोन Galaxy C9 Pro  लाई बजारमा ल्याएको छ । उक्त फोनमा 6GB RAM, 16MP   फ्रन्ट र ब्याकक्यामेरा तथा ६ इन्चको FHD sAMOLED डिस्प्ले राखिएको जनाइएको छ ।

फिचर पावर हाउसको संज्ञा दिइएको उक्त स्मार्ट फोनले स्क्रिन, मेमोरी र क्यामेरा सम्बन्धी विभिन्न फिचरहरुलाई एकै स्थानमा प्रस्तुत गरेको छ । यी टप–अफ–द–लाइनफिचरहरुले ग्राहकहरुलाई उत्कृष्ट मल्टीमिडिया र क्लियर पिक्चरका Immersive Viewing  साथ अनुभव पनि प्रदान गर्ने सामसुङद्धारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

सामसङ नेपालका डेपुटी जनरल म्यानेजर, मोबाइल बिजनेस, प्रणय स्थापितका अनुसार, æGalaxy C9 Pro आफ्नो  6” Full HD sAMOLED डिस्प्लेका साथ मोबाइल प्रयोगकर्ताहरुलाई सर्वाेत्कृष्ट मल्टिमिडिया अनुभव प्रदान गर्न डिजाइन गरिएको छ ।

साथै उनले आफ्नो एड्भान्स्ड 64-bit Octa Core processor, 6GB RAM, 4000mAh ब्याट्री पावर र 64GB Inbuilt Storage  (256GB सम्म एक्स्पान्ड गर्न सकिने) का साथ यो स्मार्टफोन ग्राहकहरुलाई पावरहाउस पर्पmमेन्स् दिन तयार रहेको बताएका छन् ।