समाचार

नगरकोटमा मृत भेटिएकी यी युवती को होलिन् ?

काठमाडौं । नगरकोट नगरपालिका ११ मुहानपोखरीमा पुरेको अवस्थामा एक युवतीको शव भेटिएको छ । करिब २२ बर्षकी पहिचान खुल्न नसकेकी युवतीको पुरिएको शवको हात देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

आइतबारको नेपाल समाचारपत्रमा लेखिएको छ, युवतीको शव हात खुट्टा बाँधिएको अवस्थामा फेला परेको थियो । युवतीको हत्या गरी शव त्यस स्थानमा ल्याएर फालेको हुन सक्ने प्रहरीले जनाएको छ । स्थानीयले एक महिनाअघि नै कसैले त्यहाँ ल्याएर शव गाडेको हुन सक्ने बताएका छन् ।