आर्थिक

तनावमा नेपाली कामदार

काठमाण्डौ । सरकारले १० देखि १२ लाख नेपाली कामदार मलेसियमा रहेको अनुमान गरेको छ । अवैधानिक रुपमा त्यहाँ रहेका नेपालीको तथ्यांक सरकारसँग छैन । करिब ६० देखि ७० हजार नेपाली अहिले पनि अवैधानिक रुपमा मलेसियामा बसिरहेका छन् । उनीहरु जुनसकै बेला पनि पक्राउ पर्न सक्छन् ।

अधिकांश नेपाली कामदार म्यानपावर कम्पनीबाटै मलेसिया पुग्छन् । आइतबारको अन्नपूर्णमा लेखिएको छ, सेवासुविधा म्यानपावरले भनेजस्तो हुँदैन । अनी उनीहरु कम्पनी परिवर्तन गर्छन् । तर सम्झौता नगरि रोजगारदाता कम्पनीले नै सोझै कामदार राख्दा उसमाथि कारबाही हुने भएकाले कामदारका सबै कागजपत्र कम्पनीले जफत गर्छ वा त्यहाँका नेपाली एजेन्टले कामदारसँग रकम लिएर बैधानिक बनाइदिने भरोसा दिलाउँछन् र भाग्छन् ।