राजनीति

पार्टीभित्र कुरैटेप्रथा हावी भएको भन्दै सभापतिद्वारा राजीनामा

सुनसरी । नेपाली कांग्रेस क्षेत्र नं. ६ का क्षेत्रीय सभापति उपेन्द्रबहादुर कट्वालले पार्टी राजनीतिबाट राजीनामा दिएका छन् । उनले एक विज्ञप्ति जारी गर्दै पार्टीका क्षेत्रीय सभापति र सधारण सदस्यबाट समेत राजीनामा दिएको घोषणा गरेका हुन् । सभापति कट्वाल तेह्रौ महाधिवेशनको केही अघि मात्र उक्त क्षेत्रको सभापति र महासमिति सदस्य निर्वाचित भएका थिए ।

तेह्रौ महाधिवेशन अघिसम्म सुशील कोइरालाको टिमबाट सभापति र महासमिति सदस्य बनेका कट्वाल अन्तिम समयमा पार्टी सभापति शेरबहादुर देउवालाई जिताउनका लागि सक्रिय थिए । विज्ञप्तिमा पुराना शेरबहादुर देउवासँग सहकार्य गरेका साथीहरुले केन्द्रमा जासुसी गरेकोमा असन्तुष्टि पोख्दै साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका छन् ।

जिल्ला सभापति राजिव कोइरालाले क्षेत्रीय सभापति बनाउनलाई मुख्य भूमिका खेलेपनि खेमा परिवर्तन गरेका कारण कोइरालासँगको मनमुटाव पनि राजीनामाको कारण हुनसक्ने अनुमान सुनसरीका कांग्रेसीजनको रहेको छ । उनको राजीनामा स्वीकृत नभएपनि कांग्रेसमा भएको कुरौटे प्रवृतिले इमान्दार कार्यकर्ताहरुको मनोबल गिराउने संकेतको रुपमा यस राजीनामालाई जोडेर हेर्न सकिन्छ ।

सभापति कट्वालले आफ्नो फेसबुकमा लेखेको राजीनामाको स्टाटस