अन्तर्राष्ट्रिय

इराकको मोसुलबाट अक्टोबरपछि एक लाख बालबालिका पलायन: युनिसेफ

एजेन्सी । संयुक्त राष्ट्रसङ्घ बालकोष (युनिसेफ) ले इराकी इस्लामिक स्टेट (आईएस) समूहकाको प्रभाव क्षेत्र रहँदै आएको मोसुलमा सैन्य कारबाहीलाई केन्द्रित बनाएपछि यहाँबाट झन्डै एक लाख बालबालिका यस क्षेत्रबाट बाहिरिएको शुक्रबार जनाएको छ ।

इराकी सेनाले सन् २०१६ को अक्टोबरदेखि आईएस नियन्त्रित उक्त क्षेत्रलाई फिर्ता गराउने अभियान सुरु गरेको थियो ।

यो तथ्याङ्क विगत एक हप्ताको समयमा सेनाले मोसुलको पश्चिमी भागलाई नियन्त्रणमा लिने प्रयासमा दोस्रो चरणको सैन्य कारबाहीलाई सुरु गरेपछि पलायन भएका १६ हजार बालबालिकासहितको भएको युनिसेफले जनाएको छ ।

हमान अल अलिलमा भेट भएका मोसुलवासी अभिभावकसहित धेरैजसो बालबालिका सेनाद्वारा सञ्चालित यातायातको सहायतामा मोसुलबाट बाहिरिएको युनिसेफलका क्षेत्रीय सल्लाहकार वास्टिन भिग्नेउले बग्दादबाट टेलिफोनमार्फत जानकारी गराएको सिन्हवाले जनाएको छ ।

उनका अनुसार बालबालिका मोसुलमा भएका घटनाबाट थकित र भयभित भएको पाइएको छ । मोसुलको पूर्वी भागलाई १०० दिन लामो सैनिक अभियानपछि गत जनवरीमा विद्रोहीको कब्जाबाट फिर्ता ल्याइएको थियो ।

उक्त घटनाले बालबालिकाको मनमस्तिष्क विस्फोटको त्रासले भरिएको भेटिएको बताइएको छ ।

संयुक्त राष्ट्रङ्घको अनुमान अनुसार पश्चिमी मोसुललाई विद्रोहीबाट स्वतन्त्र बनाउने क्रममा दुई लाख ५० हजार मोसुलवासी विस्थापित बनेका छन् ।

उक्त क्षेत्रमा अझै सात लाख ५० हजार मानिस फसेका छन् ।