राजनीति

मधेसबादी दल गुण्डा र लुटेरा हुन्- एमाले अध्यक्ष ओली

सुर्यखबर संबाददाता,
बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसी मार्चाले गुण्डागर्दी गरेको आरोप लगाएका छन् । एमालेको मेचीमाहाकाली अभियानमा सकृय कार्यकर्तालाई सप्तरीमा कालोमोसो दलेको घटनालाई जोड्दै मोर्चालाई यस्तै अराजनीतिक गधिबिधीमा संलग्न नभए नछाड्ने चेतावनी दिएका छन् ।

झापाको बिर्तामोडमा गरिएके पत्रकार सम्मेलनमा बोल्दै पूर्ब प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष्ँ ओलीले एमालेले मधेसमा ४० सीट जितेको उदाहरण दिदै एमाले मधेसबादी कि मोर्चा भनेर प्रश्न गरेका थिए ।

सधैं मधेसी मोर्चाप्रति आक्रमक रुपमा प्रश्तुत हुने ओली शुक्रबारको पत्रकार सम्मेलनमा २३ गते एमालेले गर्ने भनिएको राजबिराजको सम्मेलन कुनैहालतमा गर्ने बताएक छन् । सुरक्षाको समस्या हुन्छ भन्ने प्रश्नमा उनले सरकारले आफूहरुलाई सुरक्षा दिने बिश्वास भएकबो बताए ।

कार्यकममा मधेसीमोर्चाले साँच्चै नै गुण्डागर्दी गर्न खोजेको भए, त्यसको प्रतिबाद गर्न आफुहरु तयार रहेको बताएका थिए । साथै कार्यक्रमा मोर्चालाई बैचारिक रुपमा राजनीति गर्न मोर्चालाई आग्रह समेत गरेका थिए ।