राजनीति

कमल थापाद्वारा मनोनीत राप्रपाका २७ पदाधिकारी कोको छन् त ? (नाम सहित)

सुर्यखबर संबाददाता,
काठमाण्डौ । राप्रपा र राप्रपा नेपालको एकीकरणपछि भएको महाधिवेसनबाट अध्यक्ष बनेका राप्रपा अध्यक्ष कमल थापाले २७ जनालाई पदाधिकारीमा मनोनीत गरेका छन् ।

उपाध्यक्षमा  ६ जना छन् भने माहामन्त्रीमा ५ जना छन् । उपाध्यक्षमा क्रमसः टंक ढकाल, बुद्धिमान तामाङ, बिक्रम पाण्डे, राजीव पराजुली, रामचन्द्र राय छन् भने माहामन्त्रीमा धु्रबबाहादुर प्रधान, धवल शम्शेर राणा, शुनिलबाहादुर थापा, जयन्त चन्द, राजेन्द्र लिङदेन छन् ।

यस्तै सहमहामन्त्रीमा चन्द्रबहादुर गुरुङ, नीलकण्ठ काफ्ले, हेमजङ गुरुङ, राम थापा गरि ४ जना छन् । अध्यक्ष कमल थापाले साहायक माहामन्त्रीमा कुन्ती शाही, राजेन्द्र श्रेष्ठ, बृजलाल यादब, राजाराम बर्तौला, बिन्दु पाहाडी र मनोज प्रधानलाई नियुक्त गरेका छन् ।

राप्रपाको प्रवक्तामा शुील श्रेष्ठ, रोशन कार्की र भुवन पाठक नियुक्त भएका छन् भने सहायक प्रवक्तामा मोहन श्रेष्ठ नियुक्त भएका छन् ।
यसैगरी कोषाध्यक्षमा उद्धब पौडेल, सहकोषाध्यक्षमा गिरिधर परिवार नियुक्त भएपछि राप्रपाको नबगठित कमिट जम्बो बनेको छ ।
अध्यक्ष थापाले केन्द्रीय सदस्यहरु मनोनीत गर्न बाँकी रहेको र चाँडै नै निर्णय लिने राप्रपाका एक केन्द्रीय सदस्यले सुर्यखबरलाई बताए ।