राजनीति

७ सय ३८ स्थानीय तह पुनःसरचनाको सिफारिस तयारी हुंदै

सुर्यखबर संबाददाता,
काठमाण्डौ । मधेसी मोर्चाको असन्तुष्टीपछि स्थानीय बिकासमन्त्री हितराज पाण्डेको अध्यक्षतामा गठन भएको स्थानीय तह पुन:संरचना कार्यदलले ७ सय ३८ स्थानीय तहको सिफारिस गर्ने तयारी गरेको छ ।
७ सय १९ वटा स्थानीय तह निर्माण गर्ने तयारी गरेपछि मधेसी मोर्चँ लगायतका केहि राजनीतिक शक्तीहरुले बिरोध गरेपछि उक्त कार्यदल बनेको थियो । शुक्रबार उक्त कार्यदलको म्याद सकिने भएपछि पुनसंरचनाको संख्या बुझाउने तयारी भईरहेको स्थानीय बिकास मन्त्रालयका सचिब केदार अधिकारीले बताएका छन् ।

बढीमा ७ सय ४४ वटा स्थानीय तह निर्माणका लाागि सुझाबहरु आएका थिए । त्यही भित्र रहेर पाण्डे संयोजक रहेको कार्यदलले स्थानीय तह निर्माण गरेको देखिएको छ ।