पु.समाचार

एमालेले साथ नदिएपनि संबिधान संसोधन गर्ने अध्यक्ष ओलीलाई गृहमन्त्रीको चेतावनी

सुर्यखबर संबाददाता,
काठमाण्डौ । एमाले कार्यकर्तालाई तराईबाट लखेट्नुपर्छ भन्ने अभिब्यक्ती दिएको भनेर मिडिीयावाईज भएकाबेला गृहमन्त्री निधीको आलोचनामा उत्रिएका गृहमन्त्री बिमलेन्द्र निनी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट गएका छन् ।

उपप्रधानमन्त्री एबम् गृहमन्त्री बिमलेन्द्र निधी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मनमोटाप हटाउने प्रयास भएको बताईएको छ । संबिधान संसोधनको पक्षमा खरो रुपमा प्रश्तुत हुने उपप्रधानमन्त्री एबम् गृहमन्त्री बिमलेन्द्र निधी र संबिधान संसोधनको बिरुद्धमा खरो रुपमा प्रश्तुत हुने केपी शर्मा ओलीबीच भेटवार्ता हुनु राजनीतिक रुपमा अर्थपूर्ण रहेको बताईन्छ ।

ओलीले एमालेका साथीहरुले गृहमन्त्रीले एमालेका बिरुद्ध बोलेको आरोप लगाएपनि आफुलाई बिश्वास नलागेको बताएका थिए । गृहमन्त्री निधीले पनि आफुले एमालेको कार्यक्रम बिथोल्ने कुनैपनि अभिब्यक्ती नदिएको स्पष्टोक्ती दिलाएका  थिए ।

गृहमन्त्री निधीले आफैले हस्ताक्षर गरेको संबिधान संसोधनको प्रस्ताबका बिरुद्धमा नउत्रन आग्रह गर्दै एमाले अध्यक्ष ओलीलाई एमालेले सहमती नगरेपनि संबिधान संसोधन प्रस्ताब पास गर्ने घुमाउरो पारामा चेतावनी दिएको गृहमन्त्री स्रोतको दाबी छ ।