आर्थिक

लक्ष्मी बैंक मुद्दती खाताको लाभ, बचत खाताको सुविधा सुरुवात

सुर्यखबर संबाददाता,
काठमाण्डौ । लक्ष्मी बैंकले नयाँ मुद्दती खाताको सुरुवात गरेको छ । ग्राहकहरुलाई मुद्दती खाताका साथसाथै बचत खाताको पनि लाभहरु अर्थात् तरलता र उच्च ब्याजदर दुवै प्रदान गराउने उद्देश्यले यस खातालाई ग्राहकहरुमाझ ल्याइएको बताएको छ ।

 ग्राहकहरुको जम्मा रकमलाई उक्त खातामा अटोमेटिक ट्रान्स्फर तर्फबाट पठाई २ वर्षको नयाँ मुद्दती खाता खोली बैंक धाइ राख्नुपर्ने वा आवेदन फारम भर्ने झन्झट बिना नै उनिहरुलाई उच्च ब्याजदर प्राप्त गर्न मद्दत गर्छ । साथै, यस स्किम अन्तर्गत बचत खातामा कारोबार गर्ने रकम कम भएमा उक्त कम देखिएको रकम मुद्दती खाता  तर्फबाट स्वचालित ढंगले प्रि–म्याच्योर भई बचत खातामा ट्रान्सफर गरिने छ जसले गर्दा तपाईंको मुद्दती खातामा पनि बचत खाताको जस्तै तरलता प्राप्त हुनेछ,  बैंकले दाबी गरेको छ ।

यो नयाँ योजना बैंकका सम्पूर्ण पुराना तथा नयाँ ग्राहकहरुको लागि प्रारम्भिक वार्षिक ब्याजदर १०% मा उपलब्ध छ ।

सन् २००२ मा स्थापनाभएको लक्ष्मी बैंकले आफ्ना-शाखाहरु तथा सूचनाप्रविधिको माध्यमबाट बृहत स्तरमा सेवाप्रदानगर्न सफलभएको छ । तुलनात्मक रुपमा छोटो इतिहासको बाबजुदपनि रिटेल, कर्पाेरेट तथा ट्रेजरी जस्ता संपूर्ण व्यवसायिक सेवाको क्षेत्रमा सेवा पु¥याउने एक प्रमुख बैंकिङ्ग सेवाप्रदायकको रुपमा  बैंक अगाडी आएको छ । उच्चस्तरीय संस्थागत सु–शाषन संस्कार, जोखिमव्यवस्थापन प्रणाली, र सक्षम प्रविधी लगायत उत्तम व्यवस्थापन भएको परिचित छ ।

बैंकले करिब ७ सय कर्मचारी मार्फत ३६ जिल्लामा आफ्नो सेवा पु¥याएको छ । यस भौतिक उपस्थितिका अतिरिक्त लक्ष्मी बैंक विद्युतिय बैंकिङ्ग सेवाप्रवाहको प्रवर्तकको रुपमा समेत कार्य गरिरहेकोे छ ।

बैंकले सन् २००२ मा नै पहिलो पूर्ण इन्टरनेट बैंकिङ्ग सेवा संचालन गर्नुका साथै सन् २००९ मा मोवाइल बैंकिङ्ग सेवा संचालन गरेको ८ बर्ष भएको छ ।