आर्थिक

वल्र्डलिंकको स्कीम तीनमहिना सम्म आइपिटिभी निःशुल्क

सुर्यखबर सम्बाददाता,
काठमाडौं । इन्टरनेट सेवा कम्पनी वल्र्डलिंक कम्युनिकेसन्सले ग्राहकले आफैंले रोजेर कति इन्टरनेट कुनमूल्यमालिने भनेर छान्न पाउने सुविधा उपलब्ध गराएको छ । ग्राहकले वल्र्डलिंकमा एक कलफोन गरेर प्रतिनिधिलाई घरमै बोलाउन सक्ने छन् ।

वल्र्डलिंकका प्रतिनिधिले ग्राहकको घरमै पुगेर उनीहरुले चाहे अनुसारको इन्टरनेट फाइबरबाट उपलब्ध गराउने छन् । वल्र्डलिंकआफ्नै हो नामदिइएको प्रबर्धन योजनामा ग्राहकले वल्र्डलिंक फाइबर जडानमा सतप्रतिशत सम्म छुट र तीनमहिना सम्म आइपिटिभी निःशुल्क पाउने छन् ।

आइपी टिभी नेपालमा पछिल्लो पटक भित्रिएको टिभी हेर्ने नयाँ प्रविधि हो । यस प्रविधिबाट ग्राहकले इन्टरनेटको केबुलकै माध्यमबाट टिभी हेर्न पाउने छन् । यस्तो प्रविधिबाट प्रसारण हुने टिभीमा ग्राहकले एक साता अगाडिको कार्यक्रमसमेत हेर्न सक्छन् । आइपी टिभीको प्रसारण गुणस्तरीय हुन्छ, वल्डलिंकको दाबी छ ।

वल्र्डलिंकले २१ बर्षदेखि इन्टरनेट र कर्पोरेट ग्राहकलाई डाटा सेवाप्रदानगर्दै आएको छ । कम्पनीका देशभर ६० हजारभन्दा बढीग्राहक छन् ।