समाचार

आरआर क्याम्पसमा सुरक्षा ब्यवस्था कडा, डीएसपीको कमाण्डमा सुरक्षाकर्मी परिचालीत

सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । प्रमुख निर्बाचन अधिकृत हरि पराजुली बिद्यार्थीहरुभन्दा सम्पर्क बाहिर भएर हुने, कलेज प्रशासन प्रहरीको नियन्त्रणमा भएर ब्यारेक जस्तो भएकाले स्वबीयू निर्बाचनसंग असहमती प्रकट गरेको छ ।

नेबिसंघले आरआर क्याम्पसका क्याम्पस प्रमुखले अखिलको दबाबमा परि एकलौटी ढंगले निर्बाचन गर्न खोजेका आरोप लगाउदै आरआर क्याम्पस कमलादीमा हुलदुंगा हुने संकेत देखिएको छ ।

डीएसपीको कमाण्डमा सुरक्षा खटाएको समयमा निर्बाचन हुने वातावरण नबनाई निर्बाचन गर्नु निर्बाचन र लोकतन्त्रप्रति पनि आघात हुने ठहर गर्दै असन्तुष्टी प्रकट गरेको छ ।

स्वबीयू निर्बाचनसंग प्रधानमन्त्री पुष्पकमल दाहालको बिद्यार्थी भातृसंगठन अखिल क्रान्तीकारी समेत असन्तुष्ट रहेको नेबिसंघ आरआरका एक बिद्यार्थी नेताले सुर्यखबरलाई बताए ।

बिद्यार्थीसंगठनहरुबीचमा सहमति नभई तोकिएको निर्बाचनलाई मान्यता नदिने नेबिंसंघको संकेत छ ।