राजनीति

मोर्चाले माग्यो दाहालको राजीनामा, प्रधानमन्त्रीमा शेरबाहादुर देउवा हुनुपर्ने !

सुर्यखबर सम्बाददाता,

काठमाण्डौ । स्थानीय निकायको निर्बाचनमा भाग नलिने बताईरहेको मधेसी मोर्चाले नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनेमा आफूहरु भाग लिनसक्ने संकेत गरेको छ । पुष्पकमल दाहाललाई राजनीनामा दिएर नयाँ सरकार निर्माण र सहज निर्बाचनको बाटो खोल्न आग्रह गरेको छ ।

पूर्बमन्त्री समेत रहेका मधेसबादी नेता राजकिशोर यादबले बिजय गच्छेदार, कमल थापा, एमले लगायतका दलहरु मिलेर राष्ट्रिय सरकार निर्माण हुनुपर्ने र त्यही सरकारले निर्बाचन गर्दा संबिधान संसोधनमा पनि बहुमत पुग्ने दाबी गरेका छन् ।

नेता यादबले यसबाट एमाले सरकारमा नआएपनि बहुमत पुग्ने र संबिधान संसोधन पछिको स्थानीय निकायको निर्बाचन गर्दा सबैपक्षको चित्त बुझ्ने बताएका छन् । यादबले सुर्यखबरसंगको कुराकानीमा उक्त बिचार ब्यक्त गरेका हुन् ।

यादबले अब सर्बदलीय सहमतीको सरकारका प्रधानमन्त्री काँग्रेस सभापति शेरबाहादुर देउवा नै हुनुपर्ने बताएका छन् । अध्यक्ष यादब गातान्त्रीक फोरमका अध्यक्ष समेत हुन् ।