समाचार

यस्तो हुँदैछ आजको मौसम

काठमाडौं । स्थानीय र पश्चिमी वायुको दोहोरो प्रभावले बिहीबार अपराहन्न मुलुकका अधिकांश भेगको मौसम बदलिएर मेघ गर्जन सहित हल्का बर्षा भएको छ । धेरै ठाउँमा हुरी बतासको समेत प्रभाव परेको छ ।

सुदूरपश्चिममा भने भारतीय भू भागबाट भित्रिएको पश्चिमी वायुको प्रभावले मौसम धुमिएर बर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभाव आज पनि मध्य र पूर्वी भेगमा समेत पर्न सक्ने मौसमविदहरुको ठहर छ । शुक्रबारको नेपाल समाचारपत्रमा लेखिएको छ, प्रि-मनसुन सुरु भइसकेको र यस्तो बेला छोटो अवधिमा मौसम बदलिएर क्षणिक बर्षा हुन सक्छ । प्राय अपराहन्नको समयमा यस्तो गतिविधि देखिने गर्दछ ।