राजनीति

नेपाली काँग्रेस फुट्यो भन्ने गलत समाचारको के हो त शत्य तथ्य कुरा ?

प्रबिन आचार्य
काठमाण्डौ । बुधबार बहुसंख्यक मीडियाहरुमा नेपाली काँग्रेस पुट्यो भनेर समाचारहरु आए । आखिर के हो त शत्य तथ्य कुरा ? आम नेपालीहरुलाई जिज्ञासा होला, आखिर नेपाली काँग्रेस फुटेको हो त ?

नेपाली काँग्रेस ७० बर्ष पुरानो ऐतिहासिंक पार्टी हो । यो अम्तिम समयसम्म अन्तर्राष्ट्रिय समुदायले पत्याएको सबैभन्दा जेठो मुलुकको लोकतान्त्रीक पार्टी हो । रामबाबु प्रशाई, पीएल सिँह, प्रकाश कोईराला, देबेन्द्र नेपालीको हस्ताक्षरीत एक बिज्ञप्ती मार्फत नयाँ राष्ट्रबादी काँग्रेस गठन गरेको समाचार सत्य नै हो । काँग्रेसकै नेताहरुले अर्को पार्टी पुटाएको सत्य होईन ।

पार्टी फुटेको भनेको पहिले गिरिजा प्रसाद कोईराला र शेरबाहादुर देउवाको कुरा नमिलेर बर्तमान सभापति शेरबाहादुर देउवाले नेपाली काँग्रेस प्रजातान्त्रीक गठन गर्नुभएको थियो, त्यसलाई भने पार्टी फुटेको भनिन्छ ।

बीपी कोईरालाका जेठा छोरा प्रकाश कोईराला झण्डै १२ बर्षदेखि नै नेपाली काँग्रेसमा छैनन् । उनलाई तत्कालीन कांग्रेस सभापति गिरिजा प्रसाद कोईरालाले कारबाही गरेका थिए । प्रकाश कोईरालाले तत्कालीन राजा ज्ञानेन्द्रसंगको बिषयमा कुरा नमिलेर कारबाही गरेका थिए । त्यसपछि उनका छोरा सिद्धार्थ कोईराला काँग्रेस राजनीतिमा सकृय भएपनि पीता प्रकास निश्कृय छन् ।

लामो समयदेखि पार्टीमा नै नभएको मानछेलाई जोडेर पार्टी फुट्यो भन्नु ठीक कोईन ।  काँग्रेस छाडेर कार्यकर्ताहरुले अरु पार्टी खोले भन्न भने मिल्ला । जस्तै बिजय गच्छेदार, महन्थ ठाकुर, जेपी गुप्ताहरु पनि त काँग्रेस छाडेर गएका नै हुन् नि, त्यसबेला कसैले काँग्रेस फुट्यो भन्यो त ? प्रकाश कोईराला राजा ज्ञानेन्द्रका पालामा मन्त्री थिए ।

संबिधानसभामा अहिले पहिलो पार्टीको रुपमा स्थापीत पार्टीका नेताहरु अनुशासीत र जिम्मेवार छन् । माहासागरबाट अलिअलि पानी झिक्दा खासै फरक पर्दैन भन्ने उक्त पार्टीका शीर्ष नेताहरुले बेला बेला बताईरहेका छन्  । स्वबीयू निर्बाचनमा काँग्रेस भातृसंस्था नेबिसंघको बिजयीले समेत काँग्रेसप्रतिको नेपालीहरुको समर्थन देखाईरहेको छ ।