अन्तर्राष्ट्रिय

अमेरिका बचाउन ट्रम्पले चाल्ने भए यस्तो कडा कदम !

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उग्र इस्लामिक आतंकबादबाट देशलाई बचाउन कडा कदम चालिने बताएका छन् । कार्यभार सम्हालेपछि कांग्रेसलाई पहिलोपटक सम्बोधन गर्दै ट्रम्पले देशको सेवा, संरक्षण र प्रतिरक्षा गर्ने प्रतिबद्धताअनुरुप कडा कदम चाल्ने बताएका हुन् ।

उनले आतंकबादी संगठन आईएसलाई ध्वस्त पार्ने योजना बनाउन रक्षा मन्त्रालयलाई निर्देशन दिएको उल्लेख गर्दै त्यसका लागि मुस्लिम विश्वका मित्र तथा गठबन्धन मुलुकहरुसँग सहकार्य गरिने पनि बताए ।

बिहीबारको कान्तिपुरमा लेखिएको छ, उनले समाजका लागि खतरा भएका ग्याङ, लागूऔषध व्यापारी र आपराधिक व्यक्तिलाई हटाइने पनि बताए ।