पु.समाचार

आन्तारिक उडानमा वायुसेवा निगमले बनायो अचम्मको तालिका

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसँग आन्तरिक उडान गर्न १७ सिट क्षमताका दुई थान चिनीयाँ जहाज छन् । तर तीनलाई उडाउन निगमसँग जम्मा तीन पाइलट छन् ।  थप अचम्म केहो भने, तीन पाइलट लिएर दुइटा जहाजबाट सातामा २८ उडान गर्ने तालिका निगमले बनाएको छ । बिहीबारको नागरिकमा लेखिएको छ, त्यसमाथि तीनमध्ये जहाज कमान्ड गर्ने क्याप्टेन एक जना मात्र छन् भने बाँकी दुई को-पाइलट हुन् ।

यस हिसाबले एक दिनमा दुई जहाजबाट चार उडान हुनेछन् । एउटा जहाजले दुई उडान गर्नेछ । अब एउटा क्याप्टेन र दुई को-पाइलटले एकैचोटी चार उडान गर्ने असम्भव तालिका बनाइएको छ । एउटा जहाज उडाउन एक जना क्याप्टेन र एकजना को(पाइलट चाहिन्छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमअनुसार आन्तारिक उडान गर्ने निगमको एक थान साना जहाज उडाउन क्याप्टेन र को(पाइलट गरी पाँच जना चाहिन्छ । यसको अर्थ दुई क्याप्टेन र तीन को-पाइलट वा तीन क्याप्टेन र दुई को-पाइलट हुनुपर्छ भन्ने हो ।