अन्तर्राष्ट्रिय

तिब्बतीहरुलाई भिसा दिन अमेरिकाले गर्यो इन्कार

एपी । एक तिब्बती महिला फुटबल टिमलाई अमेरिकाको डालासमा हुने प्रतियेगितामा भाग लिनका लागि अमेरिकी भिसा दिन इन्कार गरिएको छ ।

बिहीबारको कान्तिपुरमा लेखिएको छ, तिब्बती महिला फुटबलका प्रशिक्षक एवं कार्यकारी निर्देशक क्यासी चाइल्डर्सले नयाँ दिल्लीस्थित अमेरिकी दूतावासले टिमका १६ सदस्यलाई भिसा अस्वीकार गरेको जानकारी दिएका छन् ।

उनीहरुले अप्रिल ९ देखि १६ सम्म हुने डालास कप सकर प्रतियोगितामा सहभागी हुन भिसा आवेदन गरेका थिए ।