पु.समाचार

सुन तस्करमा संलग्न मुख्य नाइके पक्राउ

काठमाडौं । अन्तरराष्ट्रिय विमानस्थल हुँदै सुन तस्करीमा संलग्न चार नाइके पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइवीले मंगलबार राजेश शाक्य, सुनील श्रेष्ठ, मनोज श्रेष्ठ र नारायण श्रेष्ठलाई पक्राउ गरेको हो ।

सीआइबीका अनुसार उनीहरु ५५ दिनअघि बरामद साढे ३३ किलो सुन तस्करीमा संलग्न थिए । पक्राउ परेका मध्ये केहीले भारतमा सुन पठाउने र केहीले नेपालकै सुन पसलमा बेच्दै आएका थिए । उनीहरुको अनुसन्धानबाट सुन पसलको पहिचान खुल्ने प्रहरीले बताएको छ । आजको नयापत्रिकामा खबर छ ।

यसैवीच सुन तस्करीको आरोपमा समातिएका एसएसपी श्याम खत्री पनि अहिलेसम्म सीआएबीको हिरासतमै छन् ।