पु.समाचार

विवेकशीलले पार्टी बाहिरको राम्रो मान्छेलाई पनि उमेर्द्वार बनाउने

काठमाडौं । विवेकशील नेपाली दलले आगामी स्थानीय निर्वाचनमा खुला उम्मेदवार नीतिअनुरूप उम्मेदवार छनोट गर्ने भएको छ। सो नीतिअनुसार दलले उम्मेदवार छनौटमा भाग लिन चाहाने आकांक्षीले पार्टीको वेबसाइटमा गई फाराम भर्न सक्ने जनाएको छ।

पहिलो चरणमा काठमाडौं महानगरपालिकामा उक्त नीति लागू गरिने पार्टीले जनाएको छ। पहिलो चरणमा निर्णायक समितिले आवेदन दिने सम्भावित उम्मेदवारको पृष्ठभूमि, महानगरपालिकाको विकासको कार्ययोजनासँग सम्बन्धित भिडियो र अडियोका आधारमा मूल्यांकन गरी प्रारम्भिक सिफारिस गर्नेछ। नागरीकमा समाचार छ ।